स्रोत नखुलेको १५ लाखसहित एकजना पक्राउ



काठमाडौं,७ मंसिर। नगद १५ लाख रुपैयाँसहित प्रहरीले पर्साबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकहाँ मैनपुर गाउँपालिका–१ का ३४ वर्षीय अवदेश पटेल छन् ।

पकहाँ मैनपुर–१, धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रुपैयाँसहित आइतबार (मंसिर ७) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बीआर२२एएफ ४१२६ नम्बरको मोटरसाइकलमा उनी भारतबाट नेपालतर्फ आउँदै थिए । जाँचका क्रममा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्