खड्गीको अध्यक्षतामा मानव अधिकार संगठन काठमाडौं शाखा गठन



काठमाडौं,मंसिर ७ । नेपाल मानबअधिकार संगठन काठमाडौ शाखाको अधिवेशनले होमबहादुर खड्गीलाई अध्यक्षमा चयन गरेको छ ।

आज संगठनको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा भएको छैठौ अधिबेशनले खड्गीलाई निर्विरोध रुपमा अध्यक्ष चयन गरिएको संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले बताए । संगठनको विधान २०५३ बमोजिम नयाँ नेतृत्वको कार्याकाल ३ बर्षको रहने छ ।

केन्द्रीय अध्यक्ष अर्याल,महासचिब कल्याण पोख्रेल,उपमहासचिब जनकराज शर्मा,कोषाध्यक्ष टिका डाँगी,केन्द्रीय सदस्यहरु बिप्लब भट्ट, मधुसुदन उपाध्यायलगायत अन्यको समेत उपस्थितिमा निर्वाचन भएको थियो ।

भेलाले काठमाडौ शाखाको उपाध्यक्षमा रूपक फुयाल र रूपेन्द्र बरध्वज थापा,सचिबमा ऋषिकेश श्रेष्ठ,कोषाध्यक्षमा सुरेशराज गिरी र सदस्यहरुमा प्रमिला लम्साल,अम्बिका श्रेष्ठ,कपिला रेग्मी,अमित थापा, भूपाल घले र सुमन शाही चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्