भुगर्भबिद्ले थाले तिङ्लाको सारे लोकुचौरको सुख्खा पहिरोको अध्ययन



सोलुखुम्बु,७ मंसिर । सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाको सारे लोकुचौर हिउँदमा गएको सुक्खा पहिरोबारे भुगर्भबिद्हरुले अध्ययन थालेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका भूगर्भविद् लेख भट्टसहितको विज्ञ टोलीले आईतवारबाट तिङ्लामा रहेको सारे सुख्खा पहिरोको अध्ययन सुरु गरेको हो। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको अनुरोधमा सुख्खा पहिरो अध्ययनका लागि सो टोली खटाईएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जनाए अनुसार अध्ययनका क्रममा प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारी, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक लिला केसी पाण्डे, प्रहरी प्रमुख डिएसपी मनोजित कुवँर, वडा अध्यक्षहरु टङ्क कार्की, सोनाम ग्याल्जेन शेर्पालगायतको पनि उपस्थिति रहेको थियो।

दुईवर्ष अघि सारेबाट झरेको सुख्खा पहिरोले त्यहाँको खेतियोग्य जमिन बगाउनुका साथै लोकुचौर र आसपासका गाउँ जोखिममा पारेको थियो। त्यस क्षेत्रको भुगोलको अवस्था, पहिरो जानुका कारण लगायतका विषयमा अध्ययन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्