निर्वाचनमा सहभागी हुन कांग्रेसले आयोगमा गरायो दल दर्ता



काठमाडौं,७ मंसिर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा र माघ ११ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल आइतबार बिहान आयोग पुगेर दल दर्ता गराएको आयोगले जनाएको छ। आयोगका अनुसार दर्ताका क्रममा कांग्रेस प्रतिनिधिसभाका लागि ४२ नम्बरमा र राष्ट्रियसभाका लागि ९ नम्बरमा सूचीकृत भएको छ।

यसअघि शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चुनाव प्रक्रिया अघि बढाउन दल दर्ता गर्ने निर्णय गर्दै त्यसका लागि मुख्यसचिव पौडेललाई जिम्मेवारी प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्