एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने
काठमाडौं,३० कार्तिक । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ।

मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन चल्नेछ।पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ।
त्यसका लागि तीन दिनका लागि हल बुकसम्बन्धी सम्झाैता भइसकेको गाैमले जानकारी दिए । यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन पछि काठमाडौंमा गर्ने निर्णय गरिएको थियो ।
एमालेकाे महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन् ।एमाले महाधिवेशनमा करिब २५ सय जना सहभागी रहनेछन्।
अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओली फेरि उम्मेदवार हुने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्षमा उम्मेदवार हुने तयारीमा छन्।

