सोलु हाइड्रोको अन्यायपूर्ण निर्णय बिरुद्ध सुरु आन्दोलनमा कांग्रेस नेता कार्कीको ऐक्यबद्दता
सोलुखुम्बु,३० कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले समग्र सोलुखुम्बु जिल्लालाई प्रभावित सुचीमा सूचीकरण गरी सेयर बितरण गर्ने ब्यबस्था गर्न सोलु हाइड्रोपावर कम्पनी (८२ मेगावाट) लाई आग्रह गरेका छन् ।

कम्पनीको साधारण सेयर सम्बन्धि हालै प्रकाशित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उद्योग बाणिज्य महासंघका पूर्ब कार्यकारी सदस्य समेत रहेका कांग्रेस नेता कार्कीले आइतबार सामाजिक सञ्जालमार्फत सोलुखुम्बुमा बग्ने खोलानाला प्रयोग गरेर संचालन हुने आयोजनाको कारण जैविक ,भौगोलिक ,वातावरणिय प्रभाव ,जलवायु परिवर्तन लगायतका समस्याहरु सोलुखुम्बुले झेल्नुपर्ने भएका कारण सिंगो सोलुखुम्बुलाई प्रभावित क्षेत्रमा समाबेश गर्न आग्रह गरेका हुन्।
कार्तिक २७ गते सोलुखुम्बुको निश्चित भुगोललाई मात्रै प्रभावित क्षेत्र तोकेर सेयर ( IPO)प्रदान गर्ने गरी जारी गरिएको सूचना समग्र सोलुखुम्बुवासीलाई गरिएको अन्याय र बिभेद भएको उल्लेख गर्दै कार्कीले यसबाट उत्पन्न असन्तुष्टी र आक्रोशलाई कम्पनीले गम्भीरतापुर्वक लिनुपर्ने जनाएका छन् ।
मिड सोलु ,शाहस उर्जा आयोजनाका पूर्व उदाहरणहरू तथा स्थानीय सहभागिता–अधिकारका मान्यताहरूलाई बेवास्ता गर्दै सोलुखुम्बु जिल्लाबासीलाइ प्रभावित क्षेत्रबाट अलग राख्ने प्रयास कुनै हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै कार्कीले भनेका छन्-‘सोलुखुम्बुमा बग्ने खोलानाला प्रयोग गरेर संचालन हुने आयोजनाको कारण जैविक ,भौगोलिक ,वातावरणिय प्रभाव ,जलवायु परिवर्तन लगायतका समस्याहरु सोलुखुम्बुले झेल्नुपर्ने कारण पनि सोलुखुम्बु लाई प्रभावित सुचीमा सूचीकरण गरी सेयर बितरण र हुने छ भन्ने बिश्वासको साथ अहिले भैरहेको संघर्षका कार्यक्रम हरुमा आफु पनि हरेक तवरबाट साथमा रहेको जानकारी सम्पुर्ण सोलुवासीमा जानकारी गराउँदछु।’

