जमरकटेल बन्धु समाज काठमाडौंको बिशेष साधारणसभा सम्पन्न
काठमाडौं,२९ कार्तिक।जमरकटेल बन्धु समाज काठमाडौंको प्रथम बिशेष साधारण सभा सम्पन्न भएको छ।

१७ औंं साधारण सभामा पेश भएको बिधान संशोधन प्रस्ताव र अन्य बिषय बस्तुका बारेमा सबै सदस्यको धारणा प्रस्तुत गर्ने गरी तय भएको सो बिशेष साधारणसभा कार्यसमितिका अध्यक्ष कुमार कटेलको अध्यक्षतामा शनिबार काठमाडौंमा सम्पन्न भएको हो।
विशेष साधारणसभामा साधारण तथा आजीवन सदस्यको शुल्क,कार्यसमितिमा उम्मेदवार हुन आवश्यक संस्थाप्रतिको योगदान,अनुभव एबम् अक्षयकोष जस्ता अन्य बिषय बस्तुलाई संशोधन एबम् थप गर्नका लागि कारण सहित बिधान संशोधन प्रस्ताव छलफल पश्चात् सर्बसम्मत रूपमा पारित गरेको छ।
संस्थागत बिकास, बिबिध कार्यक्रम तय गर्ने,विभिन्न जिल्लाबाट आई उपत्यकामा बसोबास गर्ने र उपत्यकामै पुर्खौंदेखि बसोबास गर्ने भारद्वाज गोत्रीय जमरकटेल बन्धुहरुलाई संस्थामा आवद्ध गर्नेजस्ता बिषय बस्तुका बारेमा छलफल भइ निर्णय भएको अध्यक्ष कटेलले जानकारी दिए।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एबम् समितिका प्रमुख सल्लाहकार मोहन शर्मा कटेलले रु ५० हजारको अक्षयकोष कोष स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको उनले बताए। उक्त पुण्य कार्य थालनी गरेकोमा बिशेष साधारण सभाले वहाँप्रति आभार प्रकट गर्ने निर्णय पनि गरेको छ।
बिशेष साधारणसभाको उद्घाटन सल्लाहकार नगेन्द्र कटेलले गर्नुभएको थियो।

