कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित,अब मंसिर १ गते बस्ने



काठमाडौं, कार्तिक २९ । नियमित कि बिशेष महाधिवेशन? भन्ने बिषय थप पेचिलो बन्दै गएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेगरि स्थगित भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

गत असोज २८ गते शुरु भएर पटकपटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन् । पछिल्लो समय संस्थापन पक्षीय नेताहरु नै फागुन २१ गते निर्बाचन हुनु अघि महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन्।शुक्रबार मात्रै संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यले तत्काल महाधिवेशनको मिति तोक्न भन्दै पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका थिए।

कांग्रेस सभापति शेर बहादुर देउवा शुक्रबारमात्रै सिंगापुरबाट नेपाल आईपुगेका छन् । सिंगापुर प्रस्थान गर्नु अघि नै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्