सुमनापछि सन्तोषले पनि त्यागे रास्वपा
काठमाडौं,२८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्तोष परियार पार्टीबाट बाहिरिएका छन् ।

विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएर आफु रास्वपाबाट बाहिरिएको जानकारी दिए ।
चितवनमा सम्पन्न विस्तारित बैठकमा विशेष महाधिवेशनको माग राखेका परियारले नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको बताए।रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।

