महाकबि देवकोटाको स्मरणमा छन्द बाटिका नेपालले पाञ्चालीमा आयोजना गर्‍यो बिशेष कार्यक्रम



विराटनगर,२७ कार्तिक । छन्दवाटिका नेपाल,विराटनगरले महाकबि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन कार्तिक २७ गते देवकोटा स्मारक पाञ्चाली परिसरमा माल्यार्पण,रचना वाचन तथा देवकोटा परिचर्चा विशेष कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरेको छ ।

देवकोटाको सालिकमा माल्यार्पण गर्दै रचना वाचन र परिचर्चा सहित भव्य रूपमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्राज्ञ गङ्गा सुवेदी ,प्राज्ञ खेम र वडा नं का कार्यवाहक वडाध्यक्ष कुशेश्वर राजवंशी हुनुहुन्थ्यो ।प्रा.डा. हरिहर भण्डारी,प्रा.डा.मेदिनी शर्मा, प्रा.डा. मीनराज ढकाल, प्राध्यापक कविराज न्यौपाने,डा.देवी पन्थी,लक्ष्मण नेवटिया लगायतका वक्ताहरु रहेको उक्त कार्यक्रममा प्रा.कविराज न्यौपाने र प्रा.डा. हरिहर भण्डारीले विशेष बक्ताका रूपमा देवकोटाको साहित्यिक योगदानको विशेष चर्चा गरे ।

कार्यक्रममा कविहरू भरत बर्बरिक,बाबुराम‌ पोखरेल,पुष्पा सायरा, भागिरथा पौडेल,रोहिणी रसिक,गोपाल निर्भीक,उमानाथ भट्टराई मीन कुमार नवोदित लगायतले देवकोटा सम्बन्धी रचनाहरु वाचन गरे ।त्यस्तै कविहरू राधिका गुरागाइँ,प्रिन्स प्रमोद,विजय खतिवडा,अम्बिका खरेल,भवानी पोखरेल,सुजता राई शारदा कार्की, शारदा भट्टराई,कविता चापागाईं,अच्युत मणि पोखरेल,सविना श्रेष्ठ,राम सुन्दर राजवंशी आदिले देवकोटाको कवित्वको सिर्जनात्मक स्मरण गरे ।उपस्थितहरूलाई देवकोटा स्मारक समितिकातर्फबाट कविराज न्यौपानेले स्वागत गरे ।

छन्द वाटिका नेपालका अध्यक्ष साहित्यकार हरि कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष निर्मला कोइरालाले गरेकी थिइन् । छन्दवाटिका नेपालले दश बर्ष यता प्रत्येक साल कात्तिक २७ लाई महाकवि देवकोटा जन्म जयन्तीको रूपमा मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्