बुधबार नेपाली कम्युनिस्ट पार्टीमा भित्रिंदै भीम रावल



काठमाडौं,२४ कार्तिक । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावल दुई दिनपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा विलय हुने भएका छन् । बुधबार नेकपाले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गर्ने वृहत पार्टी समायोजन कार्यक्रम मार्फत उनी नेकपामा समाहित हुने भएका हुन् । उनी सँगै उनको मातृभूमि जागरण अभियान पनि विलय हुने छ।

आइतबार नेकपाका नेताहरूसँग रावलले लामो समय वार्ता गरेका थिए । उक्त वार्ता र छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए । नेकपा एमालेमा रहेर लामो समय राजनीति गरेका रावल एमालेबाटनै निष्कासनमा परेका थिए । त्यसपछी नेता रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आइरहेका थिए ।

एमालेले रावललाई निष्कासन गर्दा पार्टी अनुशासन उल्लंघनलाई कारण मानेको थियो। अब उनको नेकपामा प्रवेशले एमालेको पुराना नेताहरू फर्काऊ अभियानलाई झन् कमजोर बनाउँनेछ। रावलले वाम प्रजातान्त्रिक नेताहरू समेटेर नयाँ गठबन्धन बनाउने सोचेका थिए, तर नेकपामा विलयले यो योजना परिवर्तन भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्