छन्द कबि कट्टेललाई चेतना बिस्तारको सम्मान तथा अभिनन्दन



सुबास भण्डारी,सोलुखुम्बु,४ कार्तिक । कोशी प्रदेशको राजधानी बिराटनगरमा रहेर नेपाली साहित्य क्षेत्रको श्रीबृद्दिमा योगदान पुर्‍याउँदै आएका छन्द कबि हरि कट्टेललाई बिशेष सम्मान तथा अभिनन्दन गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसरमा सोमबार चेतना विस्तार युवा परिवार नेचासल्यान -४ सोलुखुम्बुमा आयोजित कार्यक्रममा कट्टेललाई सम्मान तथ!अभिनन्दन गरिएको हो। नेचासल्यान नै जन्मस्थल भएका कबि कटेललाई कार्यक्रमकी प्रमुख अतिथि नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले चेतना बिस्तार युवा क्लबको तर्फबाट अभिनन्दन तथा सम्मान प्रदान गरेकि थिइन्।

संस्थाका अध्यक्ष जगनाथ बास्तोलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा महाकवि देवकोटाको जीवनी र कृतित्वमाथि चर्चा गरिनुका साथै खुला कविता वाचन र अन्तर–समूह मौलिक देउसी भैलो प्रतियोगिता आयोजना गरिएको थियो।

नौवटा समूह सहभागी रहेको देउसी भैलो प्रतियोगितामा जमरकटेल सेवा प्रतिष्ठान नेचा प्रथम, सिंहदेवी सेवा समाज गुठी द्वितीय र मारूनी समूह तृतीय भएका थिए । प्रथम द्वितीय र तृतीय समूहलाई कार्यक्रमका प्रमुख अतिथि बिना राईले क्रमश रू.५००० रू.३००० र रू.२००० पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रथम पुरस्कारकाे प्रायाेजन डा. थाेमस बास्तोलाले गर्नुभएको थियो त्यसमा कवि बास्तोलाले रू.१००० थपि रू. ६०००, दाेस्राे पुरस्कारकाे प्रायाेजन नवराज जमरकटेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा कवि तथा समालोचक हरि कट्टेललाई संस्थाद्वारा अभिनन्दन तथा विशेष सम्मान गरिएको थियो ।

कला–साहित्य विभागका संयोजक युवराज शर्मा युराकको समेत उपस्थिति रहेको उक्त विशेष कार्यक्रमको उद्घोषण संस्थाका सचिव छविलाल बास्तोलाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्