नयाँ संबिधानका लागि छठपछि आन्दोलन गर्ने प्रसाईंको घोषणा



काठमाडौं,३ असोज ।राष्ट्र,राष्ट्रियता तथा धर्म संस्कृति संरक्षण महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकलाई आमूल परिवर्तन गर्ने
आन्दोलन गर्ने घोषणा गरेका छन् ।

जेन–जि आन्दोलनमाथिको विश्वासघात भएको बताउँदै शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रसाईले नयाँ संबिधानका लागि
दशैं,तिहार र छठलगत्तै आन्दोलन गर्ने घोषणा गरेका हुन्।
उनले भनेका छन्,‘जबसम्म हामी आफैँ जन्मेको माटोको सुगन्धसँग मेल खाने आन्दोलन र यसै भूमिको आत्मासँग जोडिएको संविधान निर्माण गर्न सक्दैनौँ, तबसम्म हरेक दशकमा यस देशमा नेपालीको रगतको खोलो बगिरहन्छ।’

प्रसाईंले आफुहरुलाई विदेशीको इशारामा लेखिने वा विदेशीलाई खुशी पार्ने संविधान नचाहिएको स्पष्ट पारेका छन् । उनले भनेका छन्,‘हाम्रो चाहना भनेको नेपालको माटो सुहाउने र नेपालीको सपना र भावनासँग मेल खाने संविधान हो।’

उनले आगामी दशैं–तिहार र छठ पर्वपछि नेपालीकै मन–मुटुबाट उठ्ने आन्दोलनले यो मुलुकलाई आमूल परिवर्तन गर्ने विश्वास लिएका छन् । उनले भने,‘नयाँ पुस्ताले आफ्नै हातले नयाँ संविधान लेख्नेछन् — जसमा भविष्यका पुस्ताको स्वाभिमान,नेपालीपन र राष्ट्रिय पहिचान स्पष्ट झल्किनेछ।

प्रतिक्रिया दिनुहोस्