शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशन अक्टोबर ५ मा हुने



दावा जाङ्बु शेर्पा काठमाडौं । शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशन अक्टोबर ५ तारिखमा हुने भएको छ ।

संस्थाका सल्लाहकार तथा कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कोरियाको छुसक बिदाको अवसरमा छैटौँ महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष दोर्ची शेर्पाले जानकारी दिए ।

बैठकले निर्णय गरेसँगै संघको आगामी महाधिवेशनका लागि संस्थाका सल्लाहकार युगेल तेन्डुप शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ। समितिले संघको विधानमा रहेर महाधिवेशनमा नयाँ कार्यसमिति छनोट स्वतन्त्र,स्वच्छ र धाँधलीरहित तवरबाट सम्पन्न गर्न भूमिका खेल्ने उनले बताए ।

उनले अक्टोबर ५ तारिख 03114 서울시 종로구 숭인동 316-2 금강발덩 2F मा हुने महाधिवेशनमा दक्षिण कोरियामा रहेको सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्