पूर्बराष्ट्रपति भण्डारीलाई बीरगञ्जमा ५१ किलोको मालाले स्वागत
काठमाडौं,१४ भदौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ५१ किलो तौल भएको फूलको माला लगाईदिएर बीरगञ्जमा भव्य स्वागत गरिएको छ।

उद्योग वाणिज्य संघद्वारा आयोजित बीआइसीसीआई बृहत महिला सम्मेलनमा सहभागी हुन शनिबार वीरगञ्ज पुगेकी भण्डारीलाई त्यहाँ एमालेका कार्यकर्ताहरूले ५१ किलोको माला लगाईदिएर भब्य स्वागत गरेका हुन्।
त्यस अघि उनलाई सिमरा बिमानस्थलमा पनि स्वागत गरिएको थियो।उनको स्वागतका लागि एमालेका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपानेलगायतका नेताहरू सिमरा पुगेका थिए।

