इलाका प्रहरी कार्यालय नेचाको नयाँ भवन बन्दै
सोलुखुम्बु,११ भदौ। पूर्बमन्त्री एबम नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य बल बहादुर केसीले जिल्लाको नेचासल्यान गाउँपालिकामा निर्माण गर्न लागिएको इलाका प्रहरी कार्यालय भवनको शिलान्यास गरेका छन् ।

मंगलबार आयोजित कार्यक्रममा पूर्बमन्त्री केसीले सो भवनको शिलान्यास गरेका हुन।निर्माण भएको केही बर्षमै पुरानो भवन जीर्ण बनेपछि गाउँपालिकाको वडा नं ३ स्थित बिहिबारे बजारमा इलाका प्रहरी कार्यालयको नयां भवन भवन निर्माण गर्न लागिएको हो। गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुने सो भवन आगामी पुस मसान्तसम्म सक्ने लक्ष्य रहेको शिलान्यास समारोहमा जानकारी गराईएको थियो।
५५ लाख ७६ हजार ४ सय ७७ रुपैयाँमा सम्पन्न गर्ने गरी
रिद्दिसिद्दि कन्ट्रक्सन प्रालि काठमाडौले निर्माणको जिम्मेवारी लिएको सो भवनका लागि पालिकाले चालू आर्थिक बर्षमा ७७ लाख बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष धञ्जन राईले जानकारी दिए।
निर्माण गर्न लागिएको दुई तले उक्त भवनमा ट्वाइलेट,बाथरुम र हलसहित दुई कोठा रहने बताइएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष धञ्जन राई,उपाध्यक्ष बिना राई, सोलुखुम्बु जिल्लाका प्रहरी नायब उपरीक्षक मनोजित कुँवर लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दैे पूर्बमन्त्री केसीले बिकासमा राजनीति नगरि जनताको आबश्यकताको आधारमा जनप्रतिनिधीले काम गर्न सकेमात्र बिकासले फड्को मार्न सक्ने र गुणस्तरीय काम हुने धारणा व्यक्त गरेका थिए।

