रामहरिको पदमा इश्वरीलाई पठाउँदै कांग्रेस
काठमाडौँ,१० भदौ। नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने पठाउने निर्णय गरेको छ ।

बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी थिए ।
न्यौपाने अहिले संसदीय सुनुवाइ समिति सभापतिको जिम्मेवारीमा छन् । न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

