नेपाल निजामती कर्मचारी युनियन (संघ) नेचासल्यान गठन

सोलुखुम्बु, २२ भाद्र । नेपाल निजामति कर्मचारी युनियन (संघ)नेचासल्यान तदर्थ समिति गठन भएको छ।

नारायणगाेपाल ढकालको अध्यक्षतामा गठित समितिमा चेतनाथ कटेल उपाध्यक्ष,केशर बहादुर राई जनाजाती उपाध्यक्ष र सजिना शर्मालाई महिला उपाध्यक्ष रहेकी छन।

यसैगरी सचिवमा गणेश कटेल, सह-सचिव माेतिप्रसाद भट्टराई, काेषाध्यक्ष सरस्वती कार्की र सदस्यहरु माशम्भु निराैला,खाेसल बहादुर विक,चित्र श्रेष्ठ,शारदा बस्नेत, मान बहादुर कार्की, सुशिला दाहाल रहेको सो समितिले जनाएको छ।
महिला उपाध्यक्ष शर्माका अनुसार समितिको सल्लाहकार संयोजकमा डा. अविसेक सुमन र सदस्यमा हुतराज बास्ताेलालाई चयन गरिएको छ।

