डा. भट्टराई भन्छन् : कि जनतालाइ राहत देउ नत्र राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब रोक !



काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले न्युनतम स्वास्थ्य मापदण्ड अपनाएर जनतालाई काम गर्न दिन या राहतको ब्यबस्था गर्न सरकारसंग आग्रह गरेका छन।

आइतबार सामाजिक सन्जालमार्फत आफ्नो धारणा सार्बजनिक गर्दै भट्टराईले सो आग्रह गरेका हुन। भट्टराईले पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखामुनि रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कर्फयू लगाउँदै जानु कति उपयुक्त हो भनेर प्रश्न समेत गरेका छन् । उनले कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु डरलाग्दो भएको बताएका छ्न।

नेता भट्टराईले सरकारसँग विपन्न जनताका लागि राहतका कार्यक्रम ल्याउन गराउन आग्रह गर्दै भनेका छन्ः ‘सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद जिन्सी राहतको व्यवस्था गर्नुपर्यो, नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आ–आफ्ना व्यवसाय सञ्चालन गर्न दिनुपर्यो ।’

कोरोना महामारीमा आमजनता जीवन मरणको लडाईमा रहेको बताउँदै नेता भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउँदै भनेका छन्ः ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्