सकृय कोरोना संक्रमितको संख्या घट्दै, हालसम्म २८ हजार ९ सय जना कोरोना मुक्त



काठमाडौ, २१ भाद्र । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ।

यसैगरी बितेका २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये २९० जना महिला र ६९० जना पुरुष रहेका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्