पुल्चोक घटनामा पक्राउ परेकाहरूलाई नि:शर्त रिहा गर्न नेवार समुदायको माग



ललितपुर, २१ भाद्र । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार भएको झडपमा संलग्नहरुलाइ प्रहरीले धरपडक गरेको भन्दै उक्त कार्य बन्द गरी हिरासतमा रहेका सबैलाई निःशर्त रिहा गर्न नेवार समुदायले अपिल गरेको छ।

नेवार समुदायका १९ वटा संघसंस्थाले शनिबार एक विज्ञप्तिमार्फत रथ तान्न रोक्नेक्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नलाई खोजी खोजी पक्राउ गरेको घटनाप्रति आपत्ती जनाउंदै धरपकड तत्काल रोक्न आग्रह गरेका पनि गरेका छन् ।

विज्ञप्तिमा आपसी सरसल्लाहमा समाधान गर्न सक्ने मान्यताका साथ सबैलाई संयमित रहन समेत अपिल गरिएको छ । रथ जात्रा सम्पन्न गर्न जातीय खलः पुचः प्रयासरत रहेको र सबैसँग समन्वय गरी अघि बढ्न तयार रहेको अवगत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्