लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न



काठमाडौं,१७ साउन ।’हामी र हाम्रो कृति समाज’ र ‘लीलाध्वज थापा साहित्य प्रतिष्ठान’को सहकार्यमा स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम आयोजना गरिएको छ् ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठान बालुवाटार काठमाडौंमा शनिबार आयोजना गरिएको कार्यक्रममा हातेमालो साहित्य संगमका अध्यक्ष एवम् मुक्तक अभियन्ता सुनिल अधिकारी,मुक्तकालय नेपालका अध्यक्ष निलाञ्जला भारद्वाज,इन्द्रेणी महिला साहित्यिक मञ्च, झापाका अध्यक्ष मीरा काफ्ले पोखरेल लगायत करिब ५० जना साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नम्रता उप्रेती, दुर्गा अधिकारी भमरकोटे,महेश प्रसाद रिमाल,विजयध्वज थापा, सुशील आचार्य,प्रकाश बस्नेत’गफाडी’,सुशान्त केसी,सुन्दर खड्का,कर्ण दयाल’सोराडी’मीरा काफ्ले पोखरेल,सुनिल अधिकारी, निलाञ्जला भारद्वाज,दुर्गा किरण तिवारी,बद्री उप्रेती,मीना चौलागाईं,नानु राना थापा,कल्पना मरासिनी,निरा श्रेष्ठ,राजेशराज गड्तौला,सुमन धमला,राम प्रसाद पुरी,संगीता खरेल,अरूण खड्का,तिलक’गाउँले’मन भुजेल,भक्ति नारायण महर्जन,रण बहादुर बुढाथोकी,रश्मि रिमाल,पूर्ण बहादुर श्रेष्ठ’हृदयङ्कृत’, सुभद्रा अधिकारी लगायतले आआफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

‘हामी र हाम्रो कृति समाज’का विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलको अध्यक्षता तथा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापाको
प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि आसनमा वरिष्ठ राजनीतिक विश्लेषक,समालोचक तथा साहित्यकार प्रा.डा.गोविन्द मानसिंह कार्की रहनुभएको थियो । मञ्चासीन व्यक्तित्वहरूलाई संस्थाका उपाध्यक्ष नम्रता उप्रेतीले रूद्राक्षको माला लगाएर सम्मान गर्नुभएको थियो ।

हामी र हाम्रो कृति समाजका संस्थापक सदस्य सुभद्रा अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित हुनु भएका समाजका प्रतिष्ठित व्यक्तित्व र साहित्यमा रुची राख्नुहुने सम्पूर्णलाई स्वागत गर्दै संस्थाकै अर्का संस्थापक सदस्य पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । करिब तीन घन्टा चलेको उक्त कार्यक्रममा प्रमुख अतिथि विजयध्वज थापा र विशिष्ट अतिथि गोविन्द मानसिंह कार्कीले आफ्ना रचना सुनाउनुका साथै संस्थाले अहिलेसम्म गरेका साहित्यिक गतिविधिहरू प्रशंसा गर्न लायकका छन् भनेर प्रकाश पार्नुभएको थियो ।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा प्रकाश पार्दै उपस्थित भएर संस्थाको गरिमा बढाई दिनु भएकोमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।

अन्त्यमा, कार्यक्रमका सभाध्यक्ष गोविन्दराज पौडेलले आफ्नो रचना वाचन गर्नुका साथै कार्यक्रममा अन्तिम समयसम्म बसेर कार्यक्रमलाई सफल बनाइ दिनुभएकोमा उपस्थित सम्पूर्ण साहित्यानुरागी मनहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्