साहित्यकार लेकालीसहित समाजसेवीहरु सम्मानित
काठमाडौं,१६ साउन । साहित्यकार राधेश्याम लेकालीलाई २५ पच्चीस हजार नगदसहित सम्मानित गरिएको छ ।

लेकालीलाई विभिन्न साहित्यिक र सामाजिक संस्थाहरुको नेतृत्व तहमा रहेर आफ्ना सिर्जनाका माध्यमबाट नेपाली साहित्यको उन्नयन र विकासमा योगदान गरेवापत काठमाडौं क्षेत्र न.१ एकता समाजले बिहिबार क्रिष्टल पाटी प्यालेसमा आयोजना गरेको खीर खाने कार्यक्रममा एस एस फाउन्डेसनले सम्मान प्रदान गरेको हो । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नु भएको थियो।
सोही कार्यक्रममा दिपेन्द्र श्रेष्ठ,समाजसेवीहरु कृष्ण केसी, देवराज शर्मा र अम्बिका अर्याललाई पनि सम्मानित गरिएको थियो । एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. डा.सुरेन्द्र केसीले स्वागत गर्नु भएको थियो ।
उहाँले साउन पन्ध्र, खीरको महत्व र नेपाली पर्वकोबारे स्पस्ट गर्नु भएको थियो ।काठमाडौं क्षेत्र न. १ एकता समाजका अध्यक्ष चमन कोइरालाको सभापतित्वमा आयोजित सो कार्यक्रममा एस एस फाउन्डेसनका संरक्षक समाजसेवी एवं गीतकार शोभित उप्रेतीले कार्यक्रमको प्रायोजन गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, समाजसेवीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

