जय नेपाल फाउन्डेसद्वारा भगवती बोर्डिङ स्कुलका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण
सोलुखुम्बु,२७ जेठ । जय नेपाल फाउन्डेसन सोलुखुम्बुले भगवती बोर्डिङ स्कुल थुलुङ दुधकोशी -२ कांगेलका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न कार्यक्रममा ८५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेलकूद सामाग्री बितरण गरिएको जय नेपाल फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष नवीन थापाले जानकारी दिए ।
स्कुल ब्यबस्थापन समितिका सदस्य चिरञ्जीवी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेत,तरुण दल केन्द्रीय सदस्य अस्बिन थापा,नेपाली कांग्रेसका कोषाध्यक्ष तेञ्जीङ शेर्पा,युवा नेताहरु हिरा बिक र सोमराज केसी लगायतको उपस्थिति रहेको थियो ।

