जय नेपाल फाउन्डेसन सोलुखुम्बुद्वारा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण
सोलुखुम्बु,२१ जेठ ।जय नेपाल फाउन्डेसन सोलुखुम्बुद्वारा थुलुङ दुधकोशी-२,स्थित ठकुमाला आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री बितरण गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो समाग्री वितरण गर्दै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा जय नेपाल फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष नवीन थापाले शैक्षिक क्षेत्रमा राजनीति नभई राजनीतिलाई शिक्षित बनाउन सबै राजनितिक दल एक भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष नवीन बस्नेत ,पुर्ब उपाध्यक्ष तथा जय नेपाल फाउन्डेसनका सदस्य हिरा बिक लगायतले कार्यक्रममा आ-आफ्नो मन्तब्य राखेको युबा नेता युबराज बस्नेतले जानकारी दिनुभयो ।कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चक्रबहादुर कार्किको अध्यक्षतामा सम्पन्न भएको हो।
जय नेपाल फाउन्डेसनले जिल्लाका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ।

