बैतडी सदरमुकाम खलङ्गा केन्द्रबिन्दु बनाएर लगातार दुई भूकम्प



बैतडी,९ जेठ । बैतडी सदरमुकाम ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर राति १ बजेर ४८ बजे ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे पाँच दशमलव एक र २:०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्