मदनकृष्ण र हरिबंश ‘महामूर्ख’, सोनल मूर्ख ‘शिरोमणि’



जनकपुरधाम,१६ चैत ।होली पर्वको अवसरमा दिइने महामूर्खको उपाधि यस वर्ष हास्य कलाकार महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दिइएको छ। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले यो उपाधि दिएको हो ।

मिनापले होली पर्वको पूर्वसन्ध्यामा जानकी मन्दिरमा कार्यक्रम आयोजना गरी महामूर्खको उपाधि संयुक्त रुपमा महजोडीलाई दिएको छ । कार्यक्रमलाई सम्बोधन मदन कृष्ण श्रेष्ठले कला क्षेत्रमा दर्जनौँ उपाधि पाएको र यो महामुर्खको उपाधि आफ्नो लागि ऐतिहासिक रहेको बताए। त्यसैगरी हरिकृष्ण आचार्यले आफ्नो ४१ वर्षे कलाकारितामा दर्शकलाई हसाउँने काम गरेकाे र दुनियाको भीडमा आफू पनि एउटा मूर्ख भएको महसुस भएको बताए ।

मिनापले आयोजना गरेको महामुर्ख सम्मेलनमा यस वर्ष मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्