पूर्वमन्त्री नेपालको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव

फाईल तस्बिर
काठमाडौँ,२४ बैशाख । प्रतिनिधिसभाले पूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो । पूर्बमन्त्री समेत रहेका नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्य तथा २०५६ सालमा प्रतिनिधिसभा भएका थिए ।
उनी सञ्चार र शिक्षा मन्त्री पनि भएका थिए । नेपालको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा मंगलबार निधन भएको थियो ।

