सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल : शेखर कोइराला



काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल भएको बताएका छन्। 

नेपाल प्रेस युनियन नवलपुर शाखाले शनिवार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन। एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ। सात बुँदे सहमति भनेको छ। संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ। सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ।’

गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने तर अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गरेको आरोप लगाए। 

‘अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै नयाँ गभर्नर नियुक्ति सिफारिस गरिसक्नुपर्छ। अहिलेसम्म अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै अर्को एउटा गभर्नर समयमा दिन नसक्ने सरकारले अरू के कुराको सुशासन दिन सक्छ भनेर अपेक्षा गर्ने ?’, शेखरले भने। file foto

प्रतिक्रिया दिनुहोस्