शेर्पा विद्यार्थी संघ केन्द्रीय समितिको तेस्रो बैठक अमा याङ्री बेस क्याम्पमा सम्पन्न
दावा जाङबु शेर्पा,१८ बैशाख,काठमाडौं।नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय समितिको तेस्रो बैठक सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध अमा याङ्री बेस क्याम्पमा सम्पन्न भएको छ।

केवल औपचारिक कार्यक्रमको रुपमा मात्र नभई सांस्कृतिक पहिचान र वातावरणीय सचेतनाको प्रतिकात्मक यात्राको रुपमा समेत सम्पन्न गर्ने उद्देश्यले समुद्र सतहदेखि करिब ३२०० मिटरको उचाइमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो ठाउँमा बैठक आयोजना गरिएको संघले जनाएको छ।
बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरू,प्रदेश तथा जिल्ला प्रतिनिधिहरू र अन्य आमन्त्रित विद्यार्थीहरूको सहभागिता रहेको संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाले बताए । संघका अध्यक्ष शेर्पाले बैठकलाई सम्बोधन गर्दै भने, “हामीले अमा याङ्री जस्तो पवित्र र ऐतिहासिक ठाउँलाई बैठक स्थलको रुपमा रोज्नुको अर्थ भनेको हाम्रो संस्कृतिप्रतिको श्रद्धा,प्रकृतिप्रतिको सम्मान र नेतृत्व विकासको मार्गमा चुनौतीहरूको सामना गर्ने क्षमता प्रदर्शन गर्नु हो।”
बैठकपछि सहभागी सम्पूर्ण विद्यार्थीहरूले अमा याङ्री शिखर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने अमा याङ्री शिखरतर्फ पैदल यात्रा (हाइक) गरेका थिए।केही विद्यार्थीहरूका लागि यो पहिलो हिमाली पदयात्रा थियो, जसले उनीहरूमा आत्मविश्वास र संगठनप्रतिको प्रतिबद्धता झनै बलियो बनाएको छ।

