सरकार-शिक्षक सहमतिप्रति विद्यालय कर्मचारी परिषद्को पूर्ण असहमति
काठमाडौं,१८ बैशाख । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाएको छ।

परिषद्को अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिराम योगीले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको बार्ता र फिर्ताप्रती आफ्नो पूर्ण असहमति रहेको जनाएको हो। परिषदको राष्ट्रिय समितिको संस्थागत धारणा बिना भएको सहमतिको भत्सर्ना पनि विज्ञप्तिमा गरिएको छ।
परिषदले थप कार्यक्रम समीक्षा बैठक पश्चात् सार्वजनिक गरिने पनि जनाएको छ । काठमाडौं केन्द्रित सडक आन्दोलनको २९ औँ दिनमा बुधबार सांझ सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे भएको थियो । शिक्षक महासंघले सो सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो ।

