नेपाल सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासमा : एम्नेष्टी इन्टरनेशनल
काठमाडौं,१६ वैशाख। एमनेस्टी इन्टरनेसनलले सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासमा रहेको भन्दै नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ ।

मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले सो कुरा बताएका हुन्।‘मानव अधिकारको अवस्थामा सन् २०२४ संतोषजनक रहेन’ प्रतिवेदन सार्वजनिक गर्दै थपलियाले भने, ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा देखा पर्यो ।’
उनका अनुसार प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर,गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको छ ।
प्रदर्शनका लागि निषेधित क्षेत्र तोक्ने क्रम पनि बढेको छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएक छन । पत्रकारमाथि कुटपिट र धम्की बढेको छ । दण्डहीनता कायम छ । महिला र बालबालिकामाथि हिंसा जारी छ । जातीय हिंसा रोकिएको छैन । थुनुवाको अधिकार उल्लंघन भएको छ । प्राकृतिक बिपत्त बाढी पहिरो पीडितले न्यूनतम राहत समेत पाउन नसकेको अवस्था छ ।

