मोरङमा एमालेमा संस्थापन पक्षीय उम्मेदवार पराजित,संस्थापन इतरको प्यानलै बिजयी



काठमाडौ । नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनबाट
अजम्बर राई अध्यक्षमा निर्बाचित भएका छन् । संस्थापन पक्षीय उम्मेदवार राजकुमार ओझालाई पराजित गर्दैन राई अध्यक्षमा निर्बाचित भएका हुन्।राईले ४४६ र ओझाले ४०७ मत प्राप्त गरेको बताईएको छ।

बिहीबारदेखि सुरु भएको अधिबेशनमा ओझालाई अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन थियो भने पूर्बराष्ट्रपति विद्यादेवी भण्डारी निकट समूहले प्यानलै विजयी हासिल गरेको छ ।

उपाध्यक्षमा सागर थापा, सचिवमा सोम थापा विजयी भएका छन् ।त्यस्तै, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्