श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ



काठमाडौं।आफ्नै श्रीमती २४ वर्षीया सुधीरादेवी यादवको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा औरही नगरपालिका-७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादव छन् । बलवा नगरपालिका-५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्