प्रधानसेनापति सिग्देलद्वारा ‘युनिटी जर्नल’ छैठौं संस्करणको विमोचन



डिल्ली शर्मा,काठमाडौं।नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुल्ला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा छानिएका रचनाहरूको सँगालो यु’निटी जर्नल’को छैठौं संस्करण बिमोचन गरिएको छ।

राष्ट्रिय,क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी प्रकाशन गरिएको सो जर्नल प्रधान सेनापति अशोकराज सिग्देलले सोमबार जंगी अड्डामा आयोजित समारोहमा विमोचन गरेका हुन् ।

त्यस अवसरमा प्रधान सेनापति सिग्देलले खुल्ला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमश:सहायक रथी माधव थापा,महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई नगद पुरस्कार तथा कदर पत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई समेत कदर पत्र प्रदान गरेका थिए।

विमोचन कार्यक्रममा बलाधिकृत,बलाध्यक्ष,प्राध्यापक वर्ग, रथीवृन्द, विषय विज्ञ तथा सम्पादक मण्डल,लेखकहरू लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्