विश्व क्योकुसिन तेजुका कराते प्रतियोगितामा सोलुखुम्बुका दावालाई रजत पदक



काठमाडौं।नेपालले क्योकुसिन करातेको इतिहासमा नेपालले पहिलोपटक सबै भन्दा ठुलो पदक हात पार्न सफल भएको छ।

चौथो विश्व क्योकुसिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले काटातर्फ रजत पदक प्राप्त गरेर नेपाललाई सो सफलता दिलाएका हुन्।प्रतिस्पर्धामा बिश्वका २५ देशका खेलाडीहरुको सहभागिता रहेको थियो।

फ्रान्सका खेलाडी जेर्मी डेटिउले स्वर्ण पदक प्राप्त गर्दा जापानको फुकुओकामा २१ फेब्रुअरी देखि २४ सम्म भएको प्रतिस्पर्धामा दावाले रजत पदक हात पारेको नेपाल क्योकुशिन कराते (इको) संघका उपाध्यक्ष तथा प्रशिक्षक नन्द कुमार किँरातीले जानकारी दिए।

रजत पदक बिजेता २८ वर्षीय दावा सोलुखुम्बुको नेचासल्यानबासी हुन्।

प्रतिक्रिया दिनुहोस्