चौहतर लाख बढीको सामान सहितको ट्रक प्रहरी नियन्त्रणमा
सर्लाही । सर्लाहीमा चौहतर लाख बढीको सामान सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो आइतबार बागमती नगरपालिका वडा नं.१२ स्थित चेकपोष्टमा ईलाका प्रहरी कार्यलय कर्मैयाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त मुल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।
काठमाण्डौबाट मोरङ तर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९५२२ नम्बरको ट्रक (कन्टेनर) गाडी रोकी चेकजाँच गर्दा गाडीमा रेडिमेड कपडा,जुता,मिसनरी पार्टसहरुको बिल-बिजक शंकास्पद रहेकोले ७४ लाख ४६ हजार ४ सय २५ रुपैयाँ बराबरको सामानहरु ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
उक्त सामानसहित ट्रक आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

