ओखलढुंगामा १६ र प्युठानमा १२ बर्षीया बालिका बलात्कृत, दुईजना पक्राउ



काठमाडौं ।जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सद्धिचिरण नगरपालिका-९ बस्ने ३८ वर्षीय राज कुमार भुजेल छन् । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

राजकुमारले ती किशोरीलाई गत पुस १७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उता,प्युठानमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ। कुलमानले ती बालिकालाई बिहिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्