‘हामी र हाम्रो कृति समाज’को १९ औं कृति किशोर घिमिरेको ‘तरङ्ग’ मुक्तक संग्रह बिमोचित
काठमाडौं।’हामी र हाम्रो कृति समाज’का आजीवन सदस्य कपिल किशोर घिमिरेको कृति ‘तरङ्ग’ मुक्तकङ्ग्रह संस्थाको १९ औँ कृतिको रूपमा लोकार्पण भएको छ ।

हरेक महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन गर्ने संस्थाको कार्यक्रम अन्तरगत समाजका अध्यक्ष मदन प्रसाद नेपालको अध्यक्षतामा सामाजिक विकास समाजको हल अनामनगरमा सो मुक्तक संग्रह लोकार्पण गरिएको हो।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पाैडेल,वरिष्ठ समालोचक तथा इतिहासविद् प्रा.डा.गोबिन्द मानसिंह कार्की,विमोचित कृतिका कृतिकार कपिल किशोर घिमिरे,विशिष्ट अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष एवं मुक्तक अभियन्ता सुनिल अधिकारी, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, साहित्यकार मधुसुदन पाण्डेय,वरिष्ठ साहित्यकार एवं सङगीतकार सन्तोष श्रेष्ठ र कृतिकारकि जीवन संगिनी यमुना कुमारी घिमिरे लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
साहित्यकार भुवन शिवाकोटी चौघरेले सञ्चालन र हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेती स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा उपस्थित सर्जकहरूमध्यबाट नम्रता उप्रेती,विष्णु थापा ‘विछोड,भुवन सिवाकोटी चौघरे,सुनिल अधिकारी,दुर्गा किरण तिवारी,मानन्धर अभागी,लब खड्का,बद्री उप्रेती,र मीना चौलागाईँले विमोचित कृतिबाट मुक्तक वाचन गर्नुभएको थियो भने पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङकृत’,सुनिल अधिकारी,राधेश्याम लेकाली, विजयध्वज थापा,मधुसुदन पाण्डेय,यमुना कुमारी घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका सभाध्यक्ष मदन प्रसाद नेपालले प्रमुख अतिथि पौडेललाई मायाको चिनो प्रदान गर्नु भएको थियो भने सभाध्यक्ष र प्रमुख अतिथि दुबैको तर्फबाट लोकार्पित कृतिका समीक्षक प्रा. डा. गोविन्द मानसिंह कार्की र कृतिकार कपिल किशोर घिमिरेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

