सिक्किमे सर्जक टी.बी.चन्द सुब्बा र पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष अर्याल सम्मानित



काठमाडौं।साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा सिक्किमका सर्जक टी.बी.चन्द सुब्बाको कृति‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’ बारे परिचर्चा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा काठमाडौंको अनामनगरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाईसंगै सम्मान प्रदान गरेका थिए।

२३ सय पृष्ठको ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’ कृतिबारे परिचर्चा गर्दै प्रमुख अतिथि प्राडा भट्टराईले सर्जक सुब्बाले यस वृहत कृतिका बिषयमा सुरुवातदेखि नै आफुलाई जानकारी गराउने गरेको बताउँदै उनको साहस तारिफयोग्य भएको टिप्पणी गरे । यसभित्र समावेश भएका विषयवस्तुको समयक्रममा चर्चा हुँदै जाने उनको भनाई थियो।

मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई,विशेष अतिथि प्रा.डा.सुरेन्द्र के.सी,,अध्यक्ष राधेश्याम लेकाली,सम्मानित सर्जक टी.बी.चन्द सुब्बा,पत्रकार शोभा अर्याल, महाकाव्यकार खेमनाथ दाहाल,विशिष्ट कलाकारहरू लय संग्रौला, उत्तम के.सी.,वरिष्ठ सङ्गीतकार राजु सिंह,गीतकार अमर वान्तु, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा हामीले गर्न नसकेको काम सीमापारिका सर्जकहरूले गरिरहेको बताउँदै प्राडा केसीले एक अर्काको खुट्टा तान्ने प्रवृति रहेको हाम्रो राजनीति र समाजिक परिवेशलाई परिमार्जित गर्दै लानुपर्नेमा जोड दिए।

महाकाव्यकार दाहालले साहित्यको सीमा नहुने भन्दै जहाँका सर्जकले सिर्जना गरेका रचना भएपनि ति सबैले मानविय संवेदना, परिवेश, कला र संस्कृतिका लागि हुने जिकिर गरे ।

बरिष्ठ कलाकार संग्रौलाले नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै सर्जक सुब्बाको खोज अनुसन्धानमुलक लेखनको चर्चा गरे ।

गीतकार तथा निर्देशक गणेश सुवेदीले सजीकरण गर्दै अध्यक्ष लेकालीले आफू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को अध्यक्ष हुँदा सर्जक सुब्बासँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै नेपाल बाहिरका धेरै सर्जकले नेपाली साहित्यको उत्थानमा आफूलाई संलग्न गराइरहेको र सर्जक सुब्बाका कार्य प्रशंसनीय रहेको बताए ।

सम्मानित सुब्बाले आफूले १७ वर्ष लागाएर यो पुस्तक तयार पारेको जानकारी गराउँदै नेपालका ७१ जिल्लामा आफू पुगेको सुनाउनुभयो । उहाँले कृतिको सुरूवातदेखि तयारहुँदा सम्मका विभिन्न अनुभव सुनाएका थिए । सम्मानित सुब्बाका यसअघि नै गीत, कविता, खण्डकाव्य, कथा, उपन्यास, जीवनी, गीति एल्बम र एक दर्जनकृति प्रकाशित छन् । उनले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार रहनु भएका साहित्यकार टी.बी. सुब्बा नेपाली साहित्य परिषद, गान्तोकलगायत विभिन्न संघ संस्थामा आवद्ध छन् । यसैगरी अर्का सम्मानित पत्रकार अर्याल सत्र वर्षदेखि पत्रकारिताकर्ममा हुनुहुन्छ ।

कार्यक्रममा साहित्यकारहरू प्रा.डा.गोविन्दमान सिंह कार्की,शरद प्रधान,जनक रावल,डा.दामोदर पुडासैनी,किशोर विश्वकर्मा,डा. शान्तिमाया गिरी,शैलेन्दु चापागाईं,मन्जिला अनिल,कमला रिसाल, डा.बुनु दाहाल,सुधा मैनाली,गीतकार रमेश दाहाल,पत्रकारहरू प्रविन थपलिया,श्रीराम राई,सानुकाजी श्रेष्ठ,सूर्य सुवेदी,गीता अधिकारी,डिल्लीरमण सुवेदी,रिना श्रेष्ठ,भोला अधिकारी,मोहम्मद जलिम,सुरेन्द्र थापा,चलचित्र निर्देशक माधवराज खरेल,कमला जोशी,कलाकार अटल निरोज तथा सिक्किमकी दुर्गा सुब्बालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्