समाजसेवा गर्न पाउँदा खुसी हुने कीर्तिमानी आङ डी शेर्पा



दावा-जाङ्बु शेर्पा,आधुनिक जीवन शैलीका कारण मानिसहरू स्वार्थी बनिरहेका बेला आङ डि शेर्पा यस्तो नाम हो,जीवन आफ्ना लागि भन्दा पनि अरू र समाजका लागि समर्पण गर्न मन पराउँछन्। शेर्पा विशेष गरी सामाजिक समस्याहरूमा अग्रसर हुन रुचाउँछन् । त्यसैले उनी कहिले विद्यालयमा सहयोग गर्छन् त कहिले दु:ख पिडामा परेकाहरुलाई सहयोग गर्छन् ।

सङ्खुवासभा जिल्ला मकालु गाउँपालिका वडा नम्बर २ नुर्बुमा जन्मिए पनि टांँसिगाउँमा स्थायी बसोबास रहेका शेर्पा हाल भने अमेरिकामा बस्दै आएका उनी अरुको दु:ख देख्ने नसक्ने बताउँछन् ।

केही बर्षसम्म आफुले धेरै कठिनाइ भोगेको शेर्पाले बताए।शेर्पाले २००२ देखि पिक र हिमाल आरोहण गरे।२००३ देखि शेर्पाले २००८ सम्ममा सगरमाथा सफलतापूर्वक ५ पटक आरोहण गरि सकेपछि २००९ देखि शेर्पाले हिमाल आरोहण छोडेर विभिन्न युरोप देशहरुमा घुम्ने अवसर पाए।

उनले विश्वको दोस्रो अग्लो हिमाल केटुको गत वर्षको जुलाई २७ तारिखका दिन सफल आरोहण गरेर बिश्व कीर्तिमान कायम गरेका थिए।शेर्पाको समाजसेवा एकै क्षेत्र र विषयमा मात्र केन्द्रित छैन । उनको समाज सेवाको क्षेत्र अनेक छ । उनी समस्यामा परेका जो कोहीलाई सहयोग गर्न पाउँदा मनैदेखि खुसी लाग्ने बताउँछन् ।

उनकै प्रयासमा अहिले गाउँमा शिक्षा,संस्कृति,प्रकृति र विकास निर्माणका विभिन्न काम भएका छन् । जसका कारण अहिले स्थानीयको जीवनयापनमा सहजता थपिरहेको छ । आफु अमेरिका बसेपनि अरूलाई समेत सामाजिक कार्यमा परिचालन गर्दै आएका उनको समाजसेवाकै कारण उनलाई चिन्नेहरू ‘जहाँ समस्या त्यहाँ आङ डि शेर्पा’समेत भन्छन् ।

उनले व्यक्तिगत रूपमा समेत उदाहरणीय सामाजिक कार्य गरेका छन् ।अमेरिकाको लामो बसाईको क्रममा धेरै सामाजिक काममा संलग्न हुदै आएका शेर्पाले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दे आएका छन् । उनलेे बाढी,पहिरो,भुकम्प पीडितका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र असहायहरुलाई समेत मनदेखिकै धेरै सहयोग गर्दे आएका छन् । भविष्यमा पनि समाजसेवालाई निरन्तरता दिदै जाने उनको लक्ष्य रहेको छ ।

सामाजिक काममा संलग्न हुन पाउँदा उनको मन खुशी हुने बताउंदै उनले भने-‘उनीसँग नेपालको सामाजिक क्षेत्रमा काम गर्ने दिर्घकालिन योजना छ।’ 

प्रतिक्रिया दिनुहोस्