सोलु कांग्रेसका थप तीन नेता कोशी प्रदेश समिति अन्तर्गतका विभिन्न बिभागमा मनोनीत



सोलुखुम्बु।नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति अन्तर्गतका विभिन्न विभागमा सोलुखुम्बुका थप तीन नेता मनोनीत भएका छन् ।

मनोनीत हुनेहरूमा भरतबाबु कार्की,हिरा विश्वकर्मा र पासाङ तामाङ रहेका छन् ।कार्कीलाई जल, उर्जा तथा प्राकृतिक स्रोत विभाग,विश्वकर्मालाई बन वातावरण तथा विपद व्यवस्थापन विभाग र तामाङलाई आदिवासी जनजाति विभागको सदस्यको जिम्मेवारी दिइएको छ।

कांग्रेसको विधान २०१७ दशौ संशोधन २०७८० को परिच्छेद ४ धारा १३ (११) क बमोजिम उनीहरुलाई मंगलबार प्रदेश समिति अन्तर्गतका विभिन्न बिभागमा प्रदेश सभापति उद्द्ब थापाले मनोनीत गरेको नेपाली कांग्रेस प्रदेश समितिले जनाएको छ ।

सभापति थापाले यसअघि मंसिर ७ गते महाकुलुङका शुभधन राई र सोताङका दिप राईलाई वन, वातावरण तथा विपद व्यवस्थापन विभाग,नेचासल्यानका राम बहादुर राउतलाई प्रदेश तथा स्थानीय निकाय विभाग, सोताङका द्वारिका बस्नेतलाई भाषा साहित्य, कला तथा संस्कृति विभाग, गोराखानीका गेल्बु शेर्पालार्ई भातृ संघ समन्वय विभाग सदस्यमा मनोनीत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्