सवारीसाधनमा आजदेखी जाेर-बिजाेर लागू

काठमाडौं,२२ साउन ।सरकारले आज (बिहीवार)देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जाेबिजाेर प्रणालीमा चलाउने निर्णय गरेकाे छ।

सरकारले लकडाउन अन्त्य गरेपनि काेराेना भाइरसका संक्रमितकाे संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको हो। यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्नेछन्।
यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ।


