बिराटनगरकि ९० बर्षीया बृद्दाले जितिन कोरोना



मोरङ, २१ साउन।प्रदेश १ मा ५६ जना कोरोनाभाइरस कोभिड १९ संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन्।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना र सुन्दरहरैंचा नगरपालिकाको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना संक्रमित बुधबार डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।

डिस्चार्ज हुने क्रममा विराटनगर वडा नम्बर ६ की ९० वर्षीय वृद्धा रहेकी छिन्। कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार ९० वर्षीया वृद्धामा पार्किन्सन, उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो।

संक्रमणसँगै अस्पतालमा भर्ना भएको ११ औं दिनमा गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको डा. सिग्देलले बताए। आज डिस्चार्ज हुनेमा मोरंगका २६, झापाका १६, सुनसरी र इलामका समान ६, धनकुटा, उदयपुर र तेह्रथुमका समान १ जना रहेको सिग्देलले जानकारी दिए। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्