प्रकृति रोइ रहेछिन् !

* मदन नेपाल

हो आज ,प्रकृति
धुरु धुरु रोई रहेछिन्
आज मेरो आफ्नो
रचना बगेको छ
आफ्नो रचना भासिएको छ
कहिं जमिन धसिएको छ
जंगल सब नासिएको छ
यस्तै यस्तै सम्झींदा आज
प्रकृति धुरु धुरु रोई रहेछिन्
यो रचना कति राम्रो थियो
आकाश जल बायु
अनि हिमाल पहाड
कहिं सेताम्य हिउं
त कतै निला सागर
कतै हरियाली
कतै थिए ठूला मरूभूमि
यही संझि संझि आज
प्रकृति धुरु धुरु रोई रहेछिन्
प्रकृति कै नाम लिएर
कति बाँचे र कति मरे
उनै संग पनि अब
त्यस्को लेखा छैन
उनैले दिन रात अनि
सांझ बिहान बनाइन्
तर तिमी जान्ने भयौ
प्रकृति नचिन्ने भयौ
यहि सम्झीसम्झी
प्रकृति धुरु धुरु रोइ रहेछिन्
भन्ने गर्थिन सिमा भित्र बस
नत्र रिसाउने छु
म नै आंधी बनेर आउंछु
म नै आगो बन्नेछु
म नै शीतल छहारी बनी
शितलता दिनेछु
तर तिम्रो उन्मात ले
उनलाई चोट पुगेको छ
त्यसैले डांको छोडी
प्रकृति धुरु धुरु रोई रहेछिन्
आफ्ना सन्तान
आफ्ना उपज मेटाउने
यस्ती आमा !
तिमी मलाई नठाने ।
लाखौं बर्ष देखी स्याहारें
अझ कति स्याहार्ने
म बुढो भएँ
तिमी जान्ने भयौ
कति गुहार्ने
कस्लाई गुहार्ने
यहि सम्झी सम्झी
प्रकृति धुरु धुरु रोई रहेछिन्
हे मेरा संतान हो !
म कसैलाई बगाई
कसैलाई डढाई
कसैलाई भोकै किन पार्थें
म बिबस छु
मेरो आफ्नो सीमा छ
म आफ्नै नियम
आफ्नै परिधि
आफ्नै गति मा छु
तर तिमीहरु जान्ने भएर
यस श्रृष्टि संग जोरी नखोज
यस श्रृष्टि , म , तिम्रा संतान ,
त्यसपछिका सन्तान लाई
देखाउन खेलाउन चाहन्छु
यसको बिनाश हुने काम नगरे
यसको स्वरूप नबिगार ,
म यति मात्र भन्न सक्छु
तिमी धेरै जान्ने भयौ
आफू खुसी गर्छौ
तिमीहरु जे पनि गर्न सक्ने
आविष्कारक सम्झेर
गल्ती गर्दैछौ तर म हेर्नु मात्र
सिमीत छु विवश छु ,
मैले मानिस जाती जन्माएर
गल्ती पो गरेंकी ?
यहि सम्झी सम्झी आज
प्रकृति धुरु धुरु रोई रहेछिन्
प्रकति धुरु धुरु रोई रहेछिन्

