मेलम्चीमा पहिरोले टहरो भत्काउँदा ८ कामदार बेपत्ता

काठमाडौँ – निरन्तरको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति गएको पहिरोमा पुरिएर प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका ८ कामदारहरु पुरिएका हुन् ।

उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका एक जनाको आधा शरीर पुरिएको र उद्धारको लागि गुहार गरिरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम जारी रहे पनि उनलाई अहिलेसम्म निकाल्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये २ जना भारतीय र ७ जना विराटनगरका नागरिक रहेको जनाइएको छ ।

