हिमालयन एभरेष्ट बिमामा श्रेष्ठ सिईओमा नियुक्त
काठमाडौं।हिमालयन एभरेष्ट इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । उनले हिजो (असोज १८ गते) देखि सीइओको जिम्मेवारी सम्हालेकी हुन् । उनी नेपालको बिमा कम्पनीहरुको इतिहासमा दोस्रो महिला सीइओ बन्न सफल भएकी हुन् ।

नव नियुक्त सीईओ श्रेष्ठको बिमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । १६ फागुन २०५२ मा सहायक अधिकृतको रुपमा बिमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । यसअघि कम्पनी सञ्चालक समितिको गत भदौ २७ बसेको बसेको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।
स्मरणरहोस यसअघि उपासना पौडेल बिमा कम्पनीको इतिहासमा पहिलो महिला सीइओ बन्न सफल भएकी थिइन् । हाल पौडेल हिमालयन रिइन्सुरेन्सको सीइओ कार्यरत रहेकी छिन् ।

