बिश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी एडीलाई अमेरिकामा भव्य स्वागत
दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा संघ अमेरिकाले बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पालाई अमेरिकामा स्वागत गरेको छ।

हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डेका अवसरमा आयोजना हुने डिजे डान्स पार्टीको
उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुन अमेरिका पुग्नुभएका बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पालाई स्वागत गरिएको शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी शेर्पा ए.पि.लामाले जानकारी दिए।उनलाई बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष निमा शेर्पा महासचिव आङ जाङ्बु शेर्पा,शेर्पा किदुक न्युयोर्क अमेरिका अध्यक्ष ई.तेम्बा शेर्पा लगायत पदाधिकारीहरुले स्वागत गरेका थिए।
ग्लोबल शेर्पा डे यस बर्षबाट शेर्पा संघ अमेरिकाले आयोजना गर्दैछ।
सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने शेर्पा संघ अमेरिकाले जनाएको छ ।
शेर्पा युथहरुलाई एक ठाउँमा भेला गर्ने खालको कार्यक्रम आवश्यकता भएको मध्य नजर गर्दै अक्टोबर ८ मा डिजे मार्फत मनोरञ्जन सहित डिजे पार्टी कार्यक्रम गर्ने भएको हो शेर्पा संघ अमेरिकाले पहिलो पटक अमेरिकामै इतिहासमा शेर्पा युवाहरुलाइ समेटिएर यो कार्यक्रम गर्न लागेको र यो कर्यक्रम फेम्ली बदभरनमा हुने भएकोले यस कार्यक्रममा सबै राज्य जस्तै बोस्टन, न्यु हेम्सर कनेटकिटेट,न्यु जर्सी, टेक्सास,नर्थकेर्लीन,क्यालिफोर्निया,सेटाल कोलोराडो,वासिङटन डिसीबाट आफ्नो बाल बच्चाहरुलाई सहभागी गराएर सहयोग गर्न अविभावकहरुलाइ शेर्पा संघ अमेरिकाले अनुरोध गरेको छ।

