सञ्चारकर्मी अधिकारीसहित विभिन्न व्यक्तित्वलाई नागरिक समाजको सम्मान
काठमाडौं।सामाजिक रुपान्तरणका लागि नागरिक समाजले सञ्चारकर्मी इशा अधिकारीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको छ।

स्थापनाको १८ औं वार्षिकोत्सवको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित विशेष कार्यक्रममा नारी संसार पाक्षिकको सम्पादकका रूपमा समाजमा जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै सञ्चारकर्मी अधिकारी र आ-आफ्नो क्षेत्रमा बिशिस्ट योगदान पुर्याएको भन्दै सम्मानित गरिएको समाजले जनाएको छ।
सो अवसरमा चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल,टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर शेरबहादुर बिसी लगायतलाई राष्ट्रसेवक अवार्ड,बिश्व बुद्धिष्ट महासंघको अध्यक्ष आनि भिक्षु भिमसुवा गुरुङलाई संस्थाको मानार्थ सदस्य र साबित्रा घिमिरे,अप्सरा थापा,विद्या श्रेष्ठ लगायतलाई पनि सम्मान प्रदान गरिएको थियो।
याम बहादुर जि.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सामाजिक रुपान्तरण भन्दा पनि राजनैतिक रुपान्तरण आवश्यक रहेको बताउनु भएको थियो ।

