दशैंअघि नै नेपालथोक-धुलिखेल सडक खण्ड सञ्चालनमा ल्याउन रक्षामन्त्री राईको पहल



काठमाडौं।बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउने बिषयमा रक्षामन्त्री मानबीर राईले पहल थालेका छन्।

रोशी खोलाको बाढीले क्षति पुर्‍याएको नेपालथोक-धुलिखेल सडक दशैं अघि सञ्चालनमा आउन नसक्ने चर्चा भइ रहेका बेला बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाललाई भेटी मन्त्री राईले चाडबाडको मुखमा अवरुद्ध सडक सञ्चालन गर्नका लागि आवश्यक जस्तो सुकै समन्वय गर्न आफ्नो मन्त्रालय तयार रहेको बताउंदै त्यसका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए।

वीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन सकिने रक्षामन्त्री राईको भनाई थियो।

छलफलमा मन्त्रालयका सचिव केशकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु समेत सहभागी रहेको थियो ।

सडक विभागले क्षतिग्रस्त सवै स्थानहरुमा प्राविधिक तथा उपकरणहरु परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरि रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्